जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जोनी डेप ‘क्याप्टेन ज्याक स्प्यारो’मा फर्किन सक्ने संकेत

काठमाडौँ – हलिउडको चर्चित फ्रेन्चाइजी ‘पाइरेट्स अफ द क्यारिबियन’ को छैटौं सिरिजमा जोनी डेप पुनः क्याप्टेन ज्याक स्प्यारोको भूमिकामा देखिन सक्ने संकेत निर्माता जेरी ब्रुकहाइमरले दिएका छन्।

हालै अमेरिकी मिडिया ‘इन्टरटेनमेन्ट विक्ली’ सँगको कुराकानीमा ब्रुकहाइमरले जोनी डेप र पाइरेट्स सिरिजको भविष्यबारे टिप्पणी गर्दै भने, “यदि उनलाई यो पात्रको कथा मनपर्‍यो भने, मलाई लाग्छ उनले पक्कै पनि यो भूमिका निर्वाह गर्नेछन्।”

यसअघि डेपले यो फ्रेन्चाइजीको पाँच संस्करणमा ज्याक स्प्यारोको भूमिका निर्वाह गरेका थिए। सन् २००३ मा रिलिज भएको ‘द कर्स अफ द ब्ल्याक पर्ल’ बाट सुरु भएको सिरिज अन्तिम पटक सन् २०१७ मा ‘डेड मेन टेल नो टेल्स’ मा देखिएको थियो।

छैटौं संस्करणको लागि २०१९ देखि नै छलफल चलिरहेको भए पनि अहिलेसम्म औपचारिक घोषणा भएको छैन। बीचमा जोनी डेप र डिज्नीबीचको टकरावका कारण फिल्ममा हेनरी क्याभिललाई नयाँ क्याप्टेन ज्याक स्प्यारो बनाउने चर्चा चलेको थियो। तर हालको संकेतले त्यो चर्चा अस्थायी रुपमा रोकिएको देखिन्छ।

जोनी डेपले पूर्वपत्नी एम्बर हर्डसँगको विवादका कारण आफ्नो करियर प्रभावित भएको बताउँदै डिज्नीले आफूबाट दूरी बनाएको आरोप लगाएका थिए। घरेलु हिंसाको आरोप र त्यसपछिको मानहानि मुद्दाले उनको पेशागत जीवनमा ठूलो असर पारेको थियो।

तर निर्माता ब्रुकहाइमरको पछिल्लो अभिव्यक्तिले डेप फ्यानहरूका लागि आशाको झिल्को देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?