जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ब्रम्हाणमा भेटियाे सूर्य भन्दा ३६ अर्ब गुना ठुलाे ब्लाकहाेल, सिंगाे ग्यालेक्सीलाई सक्छ निल्न

काठमाडौँ – वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्ल्याक होल फेला पारेका छन्, जसले अन्तरिक्ष विज्ञानको संसारमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगाबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ र यसको पिण्ड हाम्रो सूर्य भन्दा ३६ बिलियन गुणा बढी रहेकाे छ।

यो विशाल ब्ल्याक होल ‘कोस्मिक हर्सशु’ नामक ग्यालेक्सीमा अवस्थित छ। यो आकाशगंगा यसको ठूलो गुरुत्वाकर्षणको लागि परिचित छ, जसले यसको पछाडिको प्रकाशलाई झुकाउन सक्छ। यो प्रक्रियालाई ‘ग्रेभिटेशनल लेन्सिङ’ भनिन्छ।

वैज्ञानिकहरूले यो प्रविधिको सहायताले ब्ल्याक होलको तौल नापेका छन् । बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका थोमस कोलेट र उनको टोलीले पहिलो पटक ब्ल्याक होलको वरिपरि ताराहरू परिक्रमा गरिरहेको गतिलाई नोट गरेका थिए । यो गति द्रव्यमान अर्थात् ब्ल्याक होलको तौल र क्षमतामा निर्भर गर्दछ।

त्यसपछि तिनीहरूले देखे कि प्रकाश यसको गुरुत्वाकर्षणमा कति हदसम्म झुकिरहेको छ, दुबै डाटालाई मिलाएर उनले यो ब्ल्याक होलको सही मापन गरेका हुन्। अनुसन्धानकर्ता कोलेट भन्छिन्, …यो सम्भवतः ब्रह्माण्डको सबैभन्दा ठूलो ब्ल्याक होल हो। एकल बिन्दु, जसले सम्पूर्ण सानो आकाश गंगाको वजन समात्न सक्छ।Ú

यसअघि आफूले बनाएका मोडलहरू ब्ल्याक होलको तौल असाधारण रूपमा नबढ्दासम्म काम नगर्ने उनले बताए । यो ग्यालेक्सी सम्भवतः एक …जीवाश्म समूहÚ ग्यालेक्सी हो अर्थात् एक ग्यालेक्सी जसले आफ्नो वरपरका सबै साना आकाशगंगाहरूलाई निल्न सक्छ । यसले ब्ल्याक होल किन यति ठूलो भयो भनेर बुझ्न पनि मद्दत गर्छ।

तर, सबैभन्दा अचम्मको कुरा के छ भने अहिले यो ब्ल्याक होल निष्क्रिय रहेकाे छ । कोलेट भन्छिन्, …यदि यो यति ठूलो हुन सक्छ भने यसको मतलब यो ब्रह्माण्डको सुरुवातदेखि नै पदार्थलाई निल्दै आएको छ तर अहिले पूरै शान्त भएको छ । प्रश्न यो छ, के भयो र याे ब्लाक हाेल अचानक रोकियो <Ú

यो खोजले ब्ल्याक होलको साइज र विकास सम्बन्धी पुरानो वैज्ञानिक सिद्धान्तलाई मात्र चुनौती दिएको छैन, ब्रह्माण्डमा अझै पनि यस्ता धेरै रहस्यहरू छन्, जुन हाम्रो समझभन्दा बाहिर छन् भन्ने पनि देखाएकाे छ । …ब्ल्याक होलÚ को यो पछिल्लाे खोजले भविष्यमा अन्तरिक्ष विज्ञानको दिशालाई पूर्णरूपमा परिवर्तन गर्न सक्छ किनभने यदी याे …ब्ल्याक होलÚ यति ठूलो हुन सक्छ भने ब्रह्माण्डमा अरू के लुकेको छ भनेर कल्पना गर्न गाह्रो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?