जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सावधान ! साङ्लोले मानिसलाई पनि टोक्न सक्छ, जान्नुस् रोकथाम र घरेलु उपचारहरू

काठमाडौँ – घरमा फोहोर देख्नेबित्तिकै सहजै भेटिने साङ्लो (cockroach) नछुने, नछुनु पर्ने कीरा मानिन्छ। तर धेरैलाई थाहा नहुन सक्छ कि साङ्लोले मानिसलाई पनि टोक्न सक्छ, विशेष गरी रातको समयमा गहिरो निद्रामा हुँदा।

विशेषज्ञहरूका अनुसार भोक लागेको अवस्थामा साङ्लोले मानिसका ओठ, औंला वा आँखा वरिपरिका नाजुक अंगहरू टोक्न सक्छ।

साङ्लोको टोकाइको लक्षण के हुन् ?
साङ्लोले टोकेको केही समयपछि मात्र लक्षण देखा पर्न सक्छ। यस्ता लक्षणहरू देखिएमा सतर्कता आवश्यक हुन्छः

छालामा रातो दाग वा फोका

निरन्तर चिलाउने वा पोल्ने अनुभूति

हल्का सुन्निने

कहिलेकाहीं एलर्जी, दमको लक्षण वा श्वासप्रश्वासमा समस्या

विशेषज्ञहरू भन्छन्, यस्ता लक्षणहरू साङ्लोको टोकाइका संकेत हुन सक्छन्।

तुरुन्तै के गर्ने ?
यदि साङ्लोले टोकेको शंका लागेमा, निम्न उपाय अपनाउन चिकित्सकहरूले सल्लाह दिएका छन्:

टोकेको भाग साबुन र मनतातो पानीले सफा गर्ने

एन्टिसेप्टिक क्रिम वा लोशन लगाउने

एलर्जी वा सुन्निएको अवस्थामा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने

पिप, रगत वा दुर्गन्ध देखिएमा तुरुन्तै अस्पताल जानुपर्ने

बच्ने उपायहरू के हुन् ?
साङ्लोको टोकाइ रोक्न घर र भान्सा सफा राख्नुपर्नेमा विज्ञहरूको जोड छ।

भान्सा, बाथरूम सुक्खा र सरसफाइयुक्त राख्ने

राति फोहोर भाँडो नछोड्ने, खाना ढाकेर राख्ने

डस्टबिन सफा गरी ढक्कन लगाएर राख्ने

कीट नियन्त्रण (pest control) महिनामा एकपटक गराउने

बच्चाहरूको खेलौना र ओछ्यान सफा राख्ने

सुत्ने ठाउँमा खाना नराख्ने

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, साङ्लोको टोकाइ सामान्य देखिए पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, त्यसैले लक्षण देखिएमा तुरुन्तै प्राथमिक उपचार र चिकित्सकीय सल्लाह आवश्यक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?