जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाली लेखकको अङ्ग्रेजी उपन्यास ‘द स्नेल पिकर’ प्रकाशित

काठमाडौं- लेखक राजु अधिकारीको तेश्रो अङ्ग्रेजी उपन्यास प्रकाशित भएको छ।

यथार्थ परक आख्यानको रूपमा आएको यो उपन्यासमा लेखकले बहुराष्ट्रिय कम्पनीहरूमा हुने आन्तरिक राजनीति र खिचातानीको साथसाथै एउटा सामान्य कर्मचारीले कसरी आफ्नो तर्फबाट कम्पनी र समाज परिवर्तनमा कसरी योगदान दिन सक्छ भन्ने कुरा दर्शाउन खोजेका छन्।

यस अगाडिका दुवै अङ्ग्रेजी उपन्यास स्वैरकल्पनामा आधारित भए पनि यो पटकको उपन्यास यथार्थ परक आख्यान रहेको लेखकले जनाएका छन्।

चीनको व्यापारिक केन्द्र साङ्हाइको सेरोफेरोमा घुम्ने यो उपन्यासले विगतका दशकहरूमा चीनको भौतिक र आर्थिक विकासमा देखिएको अकल्पनीय परिवर्तन र त्यसले चिनियाँहरूको सोच, जीवनशैली,  र संस्कृतिमा पारेको असरको बारेमा चित्रण गरिएको छ। आधुनिकताको भूमरीमा फसेको मानिस कसरी आफ्नो वास्तविक लक्ष्यबाट विमुख भएर भीडको पछाडि भाग्दै गर्दा आफ्नो जिन्दगीको उत्तरार्धमा पुगेर मात्र आफू गलत पथमा यात्रारत् रहेको थाहा पाउँछ अनि बाँकी जिन्दगी आफ्नो लक्ष्य हासिल गर्नको लागि भीडको पछाडि दौडन छोडेर आफ्नो मार्ग आफैँ निर्धारण गर्छ भन्ने दर्शाउन खोजिएको छ। 

त्यस्तै चीनको तिव्र विकाससँगै विदेशीहरूले चीन र चिनियाँ जनतालाई हेर्ने नजरमा कसरी परिवर्तन भैरहेको छ भन्ने कुरा उपन्यासको प्रमुख पात्रको अनुभवको रूपमा  प्रस्तुत गरिएको छ।

थुप्रै सोलुसन्सबाट प्रकाशित उपन्यास थुप्रै डट कम बाट इबुकमा र अमेजन डट कम बाट संसारभरि उपलब्ध रहेको प्रकाशकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?