जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मोहर’ ले उचाल्यो बक्स अफिस, छैटौं दिनमै २ करोड नाघ्यो

काठमाडौँ – अभिनेता पल शाह मुख्य भूमिकामा रहेको फिल्म ‘मोहर’ ले बक्स अफिसमा सुखद यात्रा तय गरिरहेको छ। प्रदर्शनको छैटौं दिनसम्म फिल्मले २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस कमाइ गरेको छ।

फिल्मले पहिलो तीन दिनमै १ करोड १ लाख रुपैयाँ ग्रस कमाई गरेको थियो। त्यसपछि पनि राम्रो ‘वर्ड अफ माउथ’ पाएको कारण कलेक्सनमा निरन्तरता आएको हो। वितरकका अनुसार, फिल्मले दोस्रो सप्ताहन्तमा पनि उल्लेखनीय व्यापार गर्ने अनुमान गरिएको छ।

निर्माण लागत १ करोड ८६ लाख रुपैयाँ रहेको फिल्म ‘मोहर’ ले हलबाट मात्रै लगानी सुरक्षित गर्न झण्डै ४ करोड रुपैयाँ ग्रस कमाउनुपर्ने अनुमान गरिएको छ। तर अन्य सन्दर्भहरू (विदेश वितरण, स्ट्रीमिङ अधिकार, विज्ञापन आदिबाट) मार्फत फिल्मले धेरै हदसम्म लगानी सुरक्षित गरिसकेको स्रोतले जनाएको छ।

विहीबारदेखि प्रदर्शनमा आएका दुई बलिउड फिल्म ‘कुली’ र ‘वार २’ ले नेपाली फिल्महरूको शो संख्यामा असर पारेका छन्।‘मोहर’ले विहीबार १३१ शो पाएको छ भने, अर्को नेपाली फिल्म ‘सिटामोल’ ले ३९ शो मात्र पाएको छ।

बलिउड फिल्म ‘वार २’ को कमजोर प्रतिक्रिया देखिएकाले ‘मोहर’ ले त्यसको अप्रत्यक्ष फाइदा उठाउने सम्भावना रहेको फिल्म वितरकहरू बताउँछन्।

पल शाहको स्टारडम, कथावस्तुको प्रभाव र दर्शकको सकारात्मक प्रतिक्रिया समेटिएको ‘मोहर’ ले हालसम्मको कमाइबाट बलियो बक्स अफिस पकड बनाएको देखिन्छ। दोस्रो सप्ताहको व्यापारले फिल्मको दीर्घकालीन सफलताको आँकलन थप प्रस्ट बनाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?