जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ऋतिक र जुनियर एनटीआरको धमाका, ‘वार २’ ले ओपनिङ डेमै कमायो १९.४९ करोड !

काठमाडौँ – ऋतिक रोशन र जुनियर एनटीआर स्टारर ‘वार २’ ले रिलिजको पहिलो दिन बक्स अफिसमा धमाका गरेकाे छ । YRF को बहुप्रतिक्षित फिल्म ‘वार २’ ले रिलिजको पहिलो दिन बक्स अफिसमा धमाकेदार सुरुआत गरेको हाे।

अयान मुखर्जीको निर्देशनमा बनेको यो बिग बजेट फिल्मले पहिलो दिनमै १९.४९ करोड रुपैयाँको कमाइ गर्दै वर्ष २०२५ का टप ओपनर फिल्महरूको लिस्टमा आफ्नो ठाउँ बनाएको छ।

ऋतिक रोशन र जुनियर एनटीआरको दमदार जोडीले दर्शकको मन जित्न कुनै कसर बाँकी राखेन। ‘वार’ को सिक्वेलको रूपमा आएको फिल्ममा कियारा आडवाणी पनि निकै फरक अवतारमा देखिएकी छन्। पहिलो दिन नै यस्तो बम्पर ओपनिङ पाएपछि फिल्मले दोस्रो दिन स्वतन्त्रता दिवस स्पेशल कमाइ गर्ने पक्का देखिएको छ।

२०२५ मा रिलिज भएका टप ओपनर फिल्महरूमध्ये ‘वार २’ अब ‘रेड २’ (१९.५ करोड) लाई उछिन्ने नजिक पुगेको छ। यसको अर्को लक्ष्य ‘सैयारा’ (२१.५ करोड) हो। अहिलेको ट्रेन्ड हेर्दा, ‘वार २’ ले ‘हाउसफुल ५’ र ‘सिकन्दर’लाई पनि पछि पार्ने संकेत देखाउँदैछ।

४०० करोडको भारी बजेटमा बनेको फिल्मले टेक्निकल पक्ष, एक्शन सीन्स र भिजुअल्सको हिसाबले पनि दर्शकको मन जितेको छ। साथै, जुनियर एनटीआरको हिन्दी डेब्युले दक्षिण भारतमा पनि उत्साहजनक प्रतिक्रिया पाएको छ।

साथै, यस्तै दिनमा रिलिज भएको रजनीकान्तको फिल्म ‘कुली’ सँग ‘वार २’ को भिडन्त पनि बलियो बनिरहेको छ। तर, यो भिडन्तमा अहिलेको स्थितिमा ‘वार २’ अगाडि देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?