जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : दिन राम्रो छ। पुराना इच्छा र संकल्प पूरा हुनेछन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीबाटसमेत काम लिनसक्ने सम्भावना देखिन्छ।

मिथुन : दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

कर्कट : दिन राम्रो छ। तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा प्रगति हुनेछ। आज लामो यात्रा नगर्नु उचित हुन्छ। स्वदेशमा रोजगारीको विकल्प देखेर मन रमाउने छ।

सिंह : दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भने प्रगति हुनेछ। विज्ञको सुझाव अनुसार मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफन्तको चरित्रले मन उदास हुनेछ। स्वास्थ्यमा भने सुधारको योग छ। राजनीतिमा तपाईंको योगदानको आवश्यकता महसुस हुँदै जानेछ।

तुला : दिन राम्रो छ। परिवारमा घुलमिल हुने दिन छ। तपाईंको प्रस्ताव राजनीतिक क्षेत्रमा पारित हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। मानिसले तपाईंको कुरा काट्ने खतरा देखिन्छ। राजनीतिक क्षेत्रमा भने तपाईंको प्रयास सफल बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। छिमेकीको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रा अनावश्यक हुने जोखिम छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट व्यापारमा अम्दानी बढ्नेछ। दाम्पत्य जीनव सफल बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विभिन्न आरोप लाग्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। हरेक काममा परिवारको साथ लिनु उचित हुन्छ।

मीन : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। अप्ठेरो काम बन्दै जानेछन्। शिक्षामा थप मिहिनेत गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारमा शंका गर्ने बानीले आफैलाई घाटा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?