जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ललितपुरमा ‘राम नाम सत्य’ फिल्मको शुभमुहुर्त

काठमाडौं- माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने नेपाली फिल्म ‘राम नाम सत्य’ शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै औपचारिक शुभमुहुर्त गरिएको छ। काठमाडौंमा मुख्यतया छायांकन हुने यस फिल्मका केही दृश्य चितवनमा समेत खिचिने छन्।

निर्देशक माइकल चन्दको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रलाई नयाँ वर्षको अवसर पारेर चैत्र २७ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ। शुभमुहुर्तकै दिन मुख्य अभिनेता विराज भट्टको ‘एङ्ग्री अवतार’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा उनको दमदार एक्सन छवि देखाइएको छ।

फिल्ममा विराज भट्टसँगै सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका रहनेछन्। निर्माता उपेन्द्र सुब्बा र स्वेता विमली हुन् भने कार्यकारी निर्मातामा किशोर भट्ट र डा. डी.आर. उपाध्याय रहेका छन्।

कथा र पटकथा पनि निर्देशक माइकल चन्दकै रहेको यस फिल्ममा संजय लामा (डीओपी), श्री श्रेष्ठ (एक्सन), अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारी (संगीत), विक्रम स्वाँर र सियोन श्रेष्ठ (कोरियोग्राफी) लगायतको टिम संलग्न छ। क्रियटिभ निर्देशक निरज ठकुरी र कास्टिङ निर्देशक नविन जंग शाही हुन्। रंग संयोजन राजेन्द्र मोक्तान, पोस्टर फोटो विवेक बस्याल र डिजाइन विजय बस्यालले गरेका छन्। मोती कार्की क्रियटिभ निर्माता र राजेन्द्र आचार्य लाइन प्रोड्युसरको भूमिकामा छन्। स्क्रिप्ट कन्सल्ट्यान्टमा अभिमन्यू निरवी र समय थापा रहेका छन्।

शुभमुहुर्त समारोहमा निर्देशक चन्दले *‘राम नाम सत्य’*लाई आफ्नो “सपनाको फिल्म” भन्दै भावुकता व्यक्त गरे। अभिनेता विराज भट्टले ‘१२ गाउँ’पछि पुनः ठूलो पर्दामा फर्किन पाउँदा उत्साहित भएको बताए भने सुशिल श्रेष्ठले कथावस्तु बलियो र दर्शकलाई मन पर्ने खालको रहेको विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?