जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल उषा उप्रेती ‘आ बाट आमा’मा अनुबन्धित

काठमाडौं- निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’मा मोडल उषा उप्रेती मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। बुधबार निर्माण पक्षले उनलाई चलचित्रको एक महत्वपूर्ण चरित्रका लागि औपचारिक रूपमा साइन गरेको हो।

यसअघि नै यो चलचित्रका लागि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस चलचित्रको छायांकन आगामी भदौ महिनादेखि सुरु हुने निर्माण टिमले जनाएको छ।

चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। यसका लागि निर्माण पक्षका प्रतिनिधिहरू र आरआर फिल्म्सका रोहित कट्टेल तथा रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।

मिडिया कोअर्डिनेटर कुमार आचार्यका अनुसार ‘आ बाट आमा’ आउँदो फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?