जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

व्यवसायको बहानामा ६० करोड हिनामिना ? शिल्पा–राजमाथि ठगीको आरोप

मुम्बई- बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति, व्यवसायी राज कुन्द्रा आर्थिक विवादमा तानिएका छन्। 

व्यापारी दीपक कोठारीले दर्ता गराएको उजुरीअनुसार, दम्पतीले सन् २०१५ देखि २०२३ सम्म व्यापार विस्तारको बहानामा ६० करोड रुपैयाँभन्दा बढी उठाएर व्यक्तिगत खर्चमा प्रयोग गरेको आरोप छ। 

लोटस क्यापिटल फाइनान्सियल सर्भिसेस लिमिटेडका निर्देशक कोठारीका अनुसार, सन् २०१५ मा शिल्पा र राजले आफ्नो कम्पनी ‘बेस्ट डिल टिभी प्रा. लि.’ का लागि ७५ करोड रुपैयाँ ऋणको प्रस्ताव गरेका थिए। सुरुमा १२ प्रतिशत ब्याजदरमा ऋण दिने सहमति भए पनि पछि लगानीको रूपमा रकम दिन आग्रह गर्दै मासिक आम्दानी र मूलधन फिर्ता गर्ने आश्वासन दिएको भनाइ छ।

कोठारीका अनुसार, उनले अप्रिल २०१५ मा शेयर सब्सक्रिप्सन सम्झौताअन्तर्गत ३१.९५ करोड र सेप्टेम्बर २०१५ मा पूरक सम्झौताअन्तर्गत २८.५३ करोड पठाएका थिए। उक्त रकम बेस्ट डिल टिभीको खातामा पुगे पनि, माग्दा फिर्ता नभएको र व्यक्तिगत फाइदाका लागि प्रयोग भएको दाबी गरिएको छ।

हाल आर्थिक अपराध शाखाले सम्झौता, वित्तीय कारोबार र रकमको प्रयोगबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

यस विषयमा प्रतिक्रिया दिँदै शिल्पा र राजका वकिल प्रशान्त पाटिलले भने, “हामीलाई मिडियाबाट मात्र थाहा भएको हो कि उजुरी दर्ता भएको छ। यी सबै आरोप आधारहीन र पूर्ण रूपमा झुट्टा हुन्। यो केवल नागरिक विवाद हो, जसको फैसला मुम्बई राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणले ४ अक्टोबर २०२४ मा गरिसकेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?