जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेकाे आरोपमा महिला पक्राउ

प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन पारेर रकम ठगी गरेकाे आरोपमा महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ४३ बर्षीय महिलालाई पक्राउ गरेकाे हो । 

तेह्रथुम म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?