जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पुनम पाण्डे विरुद्ध मानहानिको उजुरी दर्ता, सय करोड क्षतिपूर्ति माग

काठमाडौँ – आफ्नै मृत्युको अफवाह फैलाएर विवादमा परेकी अभिनेत्री पुनम पाण्डे अन्य कानुनी झमेलामा पनि फस्न थालेकी छिन् ।

उक्त अफवाहलाई पाठेघरको क्यान्सर विरुद्धको जनचेतनाको संज्ञा दिए पनि उनीमाथि एकपछि अर्को चुनौती थपिएको हो । यसैबीच उनीमाथ मानहानिको उजुरी दर्ता भएको छ ।

पुनम र उनका पती साम बम्बेविरुद्ध फैजान अन्सारी नामक व्यक्तिले कानपुर पुलिस कमिस्नर सामु मानहानिको एफआरआई दर्ता गरेका हुन् । 

फैजानको उजुरीमा पुनम र उनका पति विरुद्ध सय करोड रुपैयाँको क्षतिपूर्ति दाबी गरिएको छ । त्यस्तै उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्न र कानपुर अदालतमा उपस्थित गराउन समेत आग्रह गरिएको छ । 

भारतीय मिडियाका अनुसार फैजानले यसअघि उर्फी जावेदका विरुद्धमा पनि उजुरी दर्ता गराएका थिए । पुनम विरुद्धको उजुरीमा उनले देशवासीको भावनामा ठेस पुर्‍याएको फैजानको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?