जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पहिलो दिनमै ‘कुली’को १४० करोड कमाइ, ‘वार २’ पछाडि

काठमाडौँ – दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘कुली’ ले रिलिजको पहिलो दिनमै १४० करोड भारूभन्दा बढी कमाइ गर्दै बलिउड स्टार ऋतिक रोशन र जुनियर एनटीआरको ‘वार २’ लाई पछाडि पारेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘कुली’ ले भारतमै ६५ करोड भारूको नेट कमाइ गरेको छ। तमिल संस्करणबाट ४५ करोड, तेलुगुबाट १५ करोड र हिन्दी संस्करणबाट ४.५ करोड कमाइ भएको जनाइएको छ। फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो सुरुवात गरेको छ।

लोकेश कनगराज द्वारा निर्देशित यो ग्याङ्स्टर एक्सन फिल्ममा रजनीकान्तसँगै श्रुति हासन, नागार्जुन, सत्यराज र आमिर खानको अभिनय छ।

‘कुली’ रजनीकान्तको ५० वर्षे फिल्म करिअरको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ। यसले अघिल्ला ब्लकबस्टर ‘जेलर’ र ‘२.०’ को रेकर्डसमेत तोडेको हो।

दुई ठूला स्टार ऋतिक रोशन र जुनियर एनटीआरको अभिनय रहेको ‘वार २’ ले ७९ करोड भारू ग्रस कमाइ गरेको छ। भारतमा हिन्दी संस्करणबाट २८ करोड नेट (३४ करोड ग्रस), तेलुगुबाट २४ करोड ग्रस कमाइ भएको छ।

अयान मुखर्जी निर्देशित एक्सन-थ्रिलर फिल्म ‘वार २’ बाट १०० करोडको ओपनिङको अपेक्षा गरिएको थियो, जुन पूरा हुन सकेन। फिल्म विदेशमा झनै कमजोर देखिएको छ।

‘कुली’ र ‘वार २’ नेपालका हलहरूमा पनि प्रदर्शन भइरहेका छन्। वितरकहरूका अनुसार ‘कुली’ले नेपाली बजारमा पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?