जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पर्दा बाहिर रजनीकान्त किन देखिन्छन् साधारण रूपमा ?

काठमाडौँ – दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले पर्दामा जति स्टाइलिश देखिन्छन्, पर्दा बाहिर भने त्यति नै सरल र सादा देखिन्छन्। तर, उनी किन सार्वजनिक कार्यक्रममा समेत विग नलगाउने? यसबारे उनले स्वयं नै कारण खुलाएका छन्।

सन् २०१० मा द टेलिग्राफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा रजनीकान्तले भनेका थिए, “फ्यानहरूका लागि महत्त्वपूर्ण कुरा हो म पर्दामा कस्तो देखिन्छु। त्यही हेर्न तिनीहरूले पैसा तिर्छन्। बाहिर म कसरी देखिन्छु भन्नेले खास फरक पार्दैन। तिनीहरू स्मार्ट छन्, सबै बुझ्छन्। त्यसैले आफूलाई अनावश्यक रूपमा असहज किन बनाउने?”

रजनीकान्तले आफ्नो वास्तविक उमेरअनुसार नै देखिनु आफूलाई ठीक लाग्ने बताए। उनले पर्दा बाहिर आफ्नो कपालको रेखा घटेको, सेतो कपाल भएको वा विग नलगाएको देखाउनु दर्शकप्रति इमानदारी भएको बताए।

यस अन्तर्वार्ता उनले फिल्म एन्थिरन रिलिजपछि दिएका थिए। सो फिल्ममा उनले आफुभन्दा २० वर्ष कान्छी अभिनेत्री ऐश्वर्या रायसँग रोमान्टिक भूमिका निर्वाह गरेका थिए। उनले उमेरको कारणले यस्ता दृश्यहरू गर्दा आफूलाई अब असहज महसुस हुने गरेको स्वीकारे।

रजनीकान्तले आफ्नो फिट शरीर र कसिलो छालाको श्रेय योग, ध्यान, नियमित अभ्यास र परिवारबाट पाएको राम्रो जीनलाई दिएका छन्। उनले भने, “मधुमेह वा उच्च रक्तचापजस्ता रोग मेरो बाबुआमाबाट आएको छैन।”

हालै मात्र उनले आफ्नो नयाँ फिल्म कुली मार्फत फिल्म उद्योगमा ५० वर्ष पूरा गरेका छन्। निर्देशक लोकेश कनागराजद्वारा निर्देशित उक्त फिल्मले रिलिजको पहिलो दिनमै भारतीय बक्स अफिसमा ६५ करोड रुपैयाँको व्यापार गर्दै नयाँ कीर्तिमान बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?