जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सलमान खानले ‘सारे जहाँ से अच्छा’ गाएर दिए स्वतन्त्रता दिवसको शुभकामना, भिडियो भाइरल

मुम्बई – बलिउड सुपरस्टार सलमान खानले ७९औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा ‘सारे जहाँ से अच्छा’ गाएर देशवासीलाई शुभकामना दिएका छन्। अभिनेता खानले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो छोटो समयमै भाइरल बनेको छ।

सलमानले इन्स्टाग्राममा सेयर गरेको उक्त भिडियो सेतो–कालो फिल्टरमा छ, जहाँ उनी कालो शर्टमा ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ गीत गाउँदै देखिन्छन्। भिडियोको अन्त्यमा उनले हात जोडेर अभिवादनसमेत गरेका छन्। पोस्टसँगै उनले क्याप्सनमा लेखेका छन्, “स्वतन्त्रता दिवसको शुभकामना।”

भिडियो सार्वजनिक भएको केही घण्टामै यसले पाँच लाखभन्दा बढी भ्यूज पाइसकेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सलमानको प्रस्तुति देशप्रेमभावनाले भरिएको भन्दै तारिफ गरेका छन्।

पेशागत रुपमा हेर्दा, सलमान खान चाँडै नै रियालिटी शो ‘बिग बोस १९’ मा होस्टको रूपमा देखा पर्नेछन्। यो सिजन अगस्टको अन्तिम साताबाट प्रसारणमा आउने बताइएको छ। शोमा सलमानको ‘नेता लुक’ सार्वजनिक भइसकेको छ।

त्यसैगरी उनी अभिनित अर्को महत्त्वपूर्ण प्रोजेक्ट ‘ब्याटल अफ गलवान’ मा पनि काम भइरहेको छ। गलवान उपत्यकामा भारतीय सैनिकले देखाएको वीरता र बलिदानमाथि आधारित यो फिल्ममा सलमान एक सेना अधिकृतको भूमिकामा प्रस्तुत हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?