जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सेटमै शुरू भएको रिस २३ वर्षपछि अन्त्य, सलमान र ड्यानीको पुनर्मिलन

काठमाडौँ – बलिउडका चर्चित अभिनेता सलमान खान र खलनायक ड्यानी डेन्जोङ्पाबीच २३ वर्षसम्म चल्दो दूरीपछि पुनः मेलमिलाप भएको छ। यो विवाद १९९१ मा रिलिज भएको फिल्म ‘सनम बेवफा’ को छायांकनका क्रममा शुरु भएको थियो।

ड्यानीले ‘सनम बेवफा’ मा सलमानको बुबाको भूमिका निभाएका थिए। फिल्मको छायांकनमा सलमान खानको ढिलो उपस्थितिले ड्यानी निकै रिसाएका थिए।

सलमान सेटमा बारम्बार ढिला पुग्दा ड्यानीले घण्टौंसम्म उनको प्रतीक्षा गर्नुपर्थ्यो। यसबाट त्रसित भई ड्यानीले सलमानमाथि कडा प्रतिक्रिया देखाए र विवादले तातो रुप लियो। त्यस घटना पछि दुवै कलाकारबीच सम्पर्क टुट्यो र करिब २३ वर्षसम्म एकअर्कासँग कुनै किसिमको संवाद वा काम भएन।

तर २३ वर्षपछि दुवैले फिल्म ‘जय हो’ मा सँगै काम गर्दै पुरानो खटपटलाई पछि छोडे। यो फिल्मबाट उनीहरूबीचको सम्बन्ध पुनः सुधारिएको थियो र अहिले दुवैबीच मित्रता स्थापित छ।

सलमान र ड्यानीको यो घटना बलिउडका चर्चित झगडामध्ये एक मानिन्छ, जसले २ दशकभन्दा बढी समयपछि पनि मानिसहरूको चासो कायम राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?