जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हेमन्त धामीले गरे अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यू

काठमाडौं- क्यानाडाविरुद्ध नेपालका फास्ट बलर हेमन्त धामीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यू गरेका छन् । क्यानाडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा धामीले डेब्यू गरेका हुन् ।

यससँगै उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्ने ४१ औँ खेलाडी भएका छन् । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अहिले क्यानाडाविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

३ खेलको सिरिज नेपालले २–० ले यसअघि नै जितिसकेको छ । पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ४ विकेटले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?