जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड स्टारहरूले धुमधामका साथ मनाए भगवान कृष्णको पर्व

काठमाडौँ – आज देशभर जन्माष्टमीको अवसरमा भगवान कृष्णको जन्मोत्सव धुमधामका साथ मनाइँदैछ। यसैबीच बलिउडका चर्चित कलाकारहरूले याे अवसरमा सामाजिक सञ्जालमा शुभकामना दिएका छन्, भने काेही पवित्र मन्दिरमा गएर भगवान कृष्णको दर्शन गर्दै पर्वको महत्त्व उजागर गरेका छन्।

पर्वको उत्सवमा स्टारहरूको शुभकामना:

अनुपम खेरले इन्स्टाग्राममा भगवान कृष्णको तस्बिरसहित भिडियो सेयर गर्दै लेखेका छन्, “श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! जगत मुरारी जीले तपाईं सबैलाई सुख, समृद्धि र शान्ति प्रदान गरून्। जय श्री कृष्ण।”

यसैगरि माधुरी दीक्षितले लेखेकी छन्, “जन्माष्टमीको शुभकामना। भगवान कृष्णको प्रेम, भक्ति र दिव्य आशीर्वादले तपाईंको जीवन सद्भावपूर्ण बनाओस्।”

यस्तै करिना कपूरले इन्स्टाग्राम स्टोरीमा तस्बिर पोस्ट गर्दै लेखिन्, “जन्माष्टमीको शुभकामना। भगवान कृष्णको आशीर्वादले जीवनको हरेक पाइलामा मार्गदर्शन गरोस्।”

यसैगरि रकुल प्रीत सिंहले बाँसुरी बजाउँदै गरेको भगवान कृष्णको तस्बिर सेयर गर्दै लेखिन्, “भगवान कृष्णको शिक्षाले हामीलाई सत्यको लागि जोश र अटल विश्वासका साथ जीवन यापन गर्न प्रेरित गरोस्।”

र मौनी रोयले जन्माष्टमीको अवसरमा भगवान कृष्णको दर्शन गर्न मन्दिर पुगेकी थिइन्। रातो सुट र बाक्लो झुम्का लगाएर उनले दर्शन गरिन्। मन्दिरबाट तस्बिरहरू सेयर गर्दै उनले लेखिन्, “राधे राधे। तपाईंहरू सबैलाई श्री कृष्ण जन्माष्टमीको शुभकामना। जय हिन्द।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?