जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शाहरुखका छोरा आर्यन खानको निर्देशनमा ‘द ब्याड्स अफ बलिउड’को पहिलो भिडियो सार्वजनिक

काठमाडौँ – बलिउड किंग शाहरुख खानका जेठा छोरा आर्यन खानले वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ मार्फत निर्देशन क्षेत्रमा डेब्यू गर्न लागेका छन्। लामो प्रतिक्षापछि यो सिरिजको पहिलो झलक नेटफ्लिक्सले सार्वजनिक गरेको छ, जसले फ्यानहरूलाई मन्त्रमुग्ध बनाएको छ।

नेटफ्लिक्स इन्डियाले आफ्नो इन्स्टाग्राममा शेयर गरेको भिडियोलाई सामाजिक सञ्जालमा छिट्टै भाइरल भएको छ। आर्यनको जबरजस्त लुक र सिरिजको रोचक प्रस्तुतीले प्रशंसकहरूमा उत्साहको लहर छाएको छ। सिरिज आगामी अगस्ट २० मा नेटफ्लिक्समा रिलिज हुँदैछ।

विशेष कुरा के छ भने, आर्यनको यस वेब सिरिजमा बलिउडका सुपरस्टार शाहरुख खानले विशेष क्यामियो भूमिका निर्वाह गर्नेछन्। शाहरुखले पनि यस सिरिजको प्रचारमा सक्रियता देखाएका छन् र आफ्नो ‘आस्क एसआरके’ सेसनमा यसको झलक सार्वजनिक हुने खबर दिएका थिए।

‘द ब्याड्स अफ बलिउड’ रेड चिलीज इन्टरटेन्मेन्टको ब्यानरमा गौरी खानले निर्माण गरेको यो सिरिजलाई बलिउडमा नयाँ पाटो थप्ने प्रयासका रूपमा हेरिएको छ। फ्यानहरूले रिलिज हुनुअघि नै यसलाई सुपरहिट हुनसक्ने अनुमान लगाएका छन्।

आर्यन खानको निर्देशनमा आएको यो सिरिजले बलिउडको कथानक र चरित्रलाई नयाँ ढंगले प्रस्तुत गर्ने विश्वास गरिएको छ। आगामी दिनमा यसले मनोरञ्जन जगतमा नयाँ चर्चा सिर्जना गर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?