जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सनी देओलको चार ठूला प्रोजेक्ट: बक्स अफिसमा सुनामी आउँदै

काठमाडौँ – बलिउडका चर्चित एक्शन हिरो सनी देओलले पछिल्लो पटक ‘जाट’ फिल्ममा दमदार प्रदर्शन गरेका थिए र त्यो फिल्मले बक्स अफिसमा राम्रो कमाई पनि गर्‍यो।

‘गदर २’ को सफलता पछि, उनका फ्यानहरू उनलाई फेरि ठूलो पर्दामा देख्न आतुर छन्। सनी देओलको हातमा अहिले चारवटा ठूला फिल्म परियोजनाहरू छन्, जसले आगामी दिनमा ठूलो हलचल मच्चाउने तयारीमा छन्।

१. लाहोर १९४७

सनी देओलको यो फिल्म आमिर खानको निर्माणमा छ। राजकुमार सन्तोषीले निर्देशन गरेको यो फिल्म पोस्ट प्रोडक्सनमा छ र यसमा प्रीति जिन्टा मुख्य भूमिकामा छिन्। सनीले यस फिल्ममा सिकन्दर मिर्जा भूमिका निर्वाह गरेका छन्। यो ऐतिहासिक ड्रामामा सनीको अभिनय निकै चर्चित हुने अपेक्षा गरिएको छ।

२. बोर्डर २

‘बोर्डर’ फ्रेन्चाइजको दोस्रो भागमा सनी देओलसँगै वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझ मुख्य भूमिकामा छन्। यस फिल्मको प्रचार अन्तर्गत सनीको नयाँ लुक सार्वजनिक भइसकेको छ। फिल्म २२ जनवरी २०२६ मा रिलिज हुँदैछ र दर्शकहरूबीच उत्सुकता छ।

३ र ४. रामायण: भाग १ र भाग २

सबैभन्दा चर्चित प्रोजेक्ट भनेको ‘रामायण’ को दुई भागमा सनी देओलले हनुमानको भूमिका निभाउँदैछन्। यस फिल्ममा रणबीर कपूर रामको भूमिकामा छन् भने साई पल्लवी सीताको भूमिका खेल्दैछिन्। रावणको भूमिका यशले निर्वाह गर्नेछन्।

सनीको हनुमान अवतारलाई लिएर फ्यानहरू अत्यन्त उत्साहित छन्, विशेषगरी उनको रावणको लंका जलाउने दृश्यले बढी चर्चा पाइसकेको छ। फिल्मको पहिलो लुक भिडियो पनि सार्वजनिक भइसकेको छ। पहिलो भाग पोस्ट प्रोडक्सनमा छ भने दोस्रो भागको छायांकन जारी छ।

सनी देओलका यी चारवटा ठूला प्रोजेक्टले बक्स अफिसमा ठूलो हलचल ल्याउने अनुमान गरिएको छ। ‘गदर’ र ‘जाट’ पछि उनको एक्सन अवतार फेरि बलियो हुँदैछ र फ्यानहरूको उच्च अपेक्षा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?