जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘वार २ ‘ र ‘कुली’ले ४ दिनसम्म कति कमायो ?

काठमाडौं- बलिउड सुपरस्टार ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरको फिल्म वार २ ले रिलिजको चार दिनमै बलियो बक्स अफिस प्रदर्शन गरेको छ। अर्कोतर्फ, साउथ सुपरस्टार रजनीकान्तको कुली ले अझै प्रभावशाली सुरुवात गर्दै नयाँ रेकर्ड कायम गरेको छ।

वार २’ को कमाइ
चार दिनको कमाइमा वार २ ले भारतभित्र करिब १५० करोड ग्रस गरेको छ । विश्वसनीय ट्र्याकरहरूका अनुसार यसको घरेलु नेट कलेक्शन १ सय ४३ करोड पुगेको छ। अन्तर्राष्ट्रिय बजार जोड्दा, फिल्मले विश्वव्यापी ग्रसमा २ सय करोड नाघिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई २०२५ को बलिउडका लागि ठूलो उपलब्धि मानिएको छ।

कुली’ को कमाइ
रजनीकान्त अभिनीत कुली ले रिलिजको पहिलो तीन दिनमै विश्वव्यापी ३०० करोड कमाउँदै साउथ फिल्म उद्योगमा नयाँ इतिहास रचेको छ। यो रजनीकान्तकै करियरको सबैभन्दा छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने फिल्म बनेको विश्लेषकहरूले बताएका छन्। रिपोर्टअनुसार, फिल्म छिट्टै भारतीय घरेलु बजारमै मात्र पनि २००करोड पार गर्ने अवस्थामामा पुगेको छ।

बलिउडको ‘वार २’ र साउथको ‘कुली’ बीचको यो भिडन्त अहिले बक्स अफिसमा निकै रोचक बनेको छ। ‘वार २’ले बलिउडलाई नयाँ उचाइमा पुर्याएको छ भने कुली ले साउथ सिनेमाको वर्चस्व अझै मजबुत बनाइदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?