जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

निरुता सिंह काठमाडौं आइपुगिन्, ‘३६ को आँकडा’ फिल्ममा अभिनयका लागि तयार

काठमाडौं- नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री निरुता सिंह मुम्बईबाट आइतवार राति काठमाडौं आइपुगेकी छिन्। उनी सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ को आँकडा’ मा मुख्य भूमिका निर्वाह गर्न तयारी अवस्थामा छिन्।

पत्रकारसँगको संवादमा निरुताले आफू नयाँ फिल्मका लागि अत्यन्त उत्साहित रहेको बताइन्। उनले भनिन्, “अब म कहीँ पनि जादिनँ। म निरन्तर नेपाली फिल्ममा काम गर्छु। बिचमा मलाई कोरोना भयो, त्यसकारण मैले फिल्ममा काम गर्न पाइनँ। अब भने म कहीँ पनि जान्नँ।”

निरुताले थपिन् कि उनी नेपाली फिल्म उद्योगबाट टाढा बस्न सक्दिनन्। बिचमा केही फिल्म अफर आए पनि विभिन्न कारणले काम गर्न पाइनन्।

फिल्ममा उनको भूमिका हाल खुलाइएको छैन। निर्देशक सविर श्रेष्ठले भने, “मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ, तर निर्देशक हुँदा काम पाउन सकिनँ। कुनै भूमिकामा विशेष कलाकारको आवश्यकता पर्छ, र यस फिल्ममा त्यही कारणले निरुता दिदीलाई हामीले आमन्त्रित गरेका हौं।”

फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। विशेष रूपमा, रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि लामो समयपछि पर्दामा एकसाथ काम गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?