जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुपरम्यानका खलनायक टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन

लन्डन- चर्चित अंग्रेजी अभिनेता टेरेन्स स्ट्याम्प, जो सुपरम्यान फिल्ममा खलनायक जेनेरल जडको भूमिकाका लागि परिचित थिए, ८७ वर्षको उमेरमा निधन भएका छन्। परिवारका अनुसार उनको निधन आइतवार बिहान भएको हो।

छ दशकभन्दा लामो करिअरमा स्ट्याम्पले द एडभेन्चर्स अफ प्रिस्किला, क्वीन अफ द डेजर्ट, भालकायर लगायतका चर्चित फिल्महरूमा अभिनय गरेका थिए। परिवारले विज्ञप्तिमा भनेको छ, “उनी उत्कृष्ट अभिनेता र लेखकका रूपमा अमूल्य सम्पत्ति छाडेर गए, जसले वर्षौँसम्म मानिसहरूलाई छुनेछ।”

ब्रिटिस फिल्म एन्ड टेलिभिजन एकेडेमी (BAFTA) ले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै सन् १९६३ र १९९५ मा पाएका दुई नामाङ्कन सम्झाएको छ।

सुपरम्यान फिल्मकी सह–कलाकार सारा डग्लसले इन्स्टाग्राममा लेखेकी छिन्, “टेरेन्सबाट मैले धेरै कुरा सिकेँ। मेरो करिअरको सुरुवातमै उनको साथ पाउनु सौभाग्य थियो।”

२२ जुलाई १९३८ मा लन्डनको इष्ट स्टेप्नीमा जन्मिएका स्ट्याम्पले सामान्य परिवारमा हुर्किए। प्रारम्भमा विज्ञापन क्षेत्रमा करिअर सुरु गरेका उनले छात्रवृत्तिमार्फत नाट्य विद्यालयमा प्रवेश पाए।

उनले १९६२ मा रिलिज भएको बिली बड फिल्ममार्फत पहिलो मुख्य भूमिका निभाए, जसका लागि उनले अस्कर अवार्डको बेस्ट सपोर्टिङ एक्टरको नामाङ्कन र गोल्डेन ग्लोब अवार्ड जितेका थिए।

स्ट्याम्पले सुपरम्यान र सुपरम्यान २ मा जेनेरल जड, द कलेक्टर मा अपहरणकारी फ्रेडी क्लेग, र फार फ्रम द म्याडिङ क्राउड मा सार्जेन्ट ट्रोयको भूमिकाबाट विशेष ख्याति कमाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?