जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । यससँगै सोमबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आइतबार प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?