जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अर्जुन घिमिरे निर्देशित फिल्मको अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौँ- अर्जुन घिमिरे (पाँडे) निर्देशित नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को अस्ट्रेलियामा वितरण अधिकार बिक्री भएको छ। अष्ट्रेलियामा बसोबास गर्ने राम कार्की ले फिल्मको राइट्स किनेका हुन्।

उनका अनुसार, फिल्म नेपालसँगै अष्ट्रेलियाका प्रमुख सहरहरूमा पनि एकसाथ प्रदर्शन हुनेछ। राम कार्कीले भने, “यो फिल्म अष्ट्रेलियामा बस्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ।”

फिल्ममा दीपाश्री निरौला, गणेश उप्रेती, निर्मल शर्मा, रमेश उप्रेती र प्रियाना आचार्य सहितका कलाकारहरूले अभिनय गरेका छन्। साथै, बालेन शाहको र्याप पनि फिल्मको मुख्य आकर्षण बन्ने बताइएको छ। निर्माण पक्षले फिल्मको छायांकन हाल सक्रिय रूपमा जारी रहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?