जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पहिलोपटक हरितालिका तीज व्रत गर्ने महिलाका लागि आवश्यक नियमहरू

काठमाडौँ-विवाहित महिलाका लागि हरितालिका तीजको व्रत अत्यन्तै पवित्र र महत्वपुर्ण मानिन्छ। यस वर्ष यो पर्व भदौ महिनाको १० गतेमा मनाइनेछ। धार्मिक विश्वास अनुसार, यस दिन भगवान शिव र माता पार्वतीको विधिपूर्वक पूजा गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

हरेतालिका तीज व्रत विवाहित महिलासँगै कुमारी कन्याहरूले पनि गर्न सक्छन्। तर, व्रत गर्दा केही नियमको पालना आवश्यक हुन्छ।

व्रतका मुख्य नियमहरू:

  • हरितालिका तीज व्रतलाई सबैभन्दा कठिन व्रतमध्ये एक मानिन्छ। किनभने यसलाई निर्जला (पानी नखाइने) राखिन्छ। पहिलोपटक व्रत राख्ने महिलाले मानसिक रूपमा तयार हुनु आवश्यक छ।
  • दिनभरि सुत्नु हुँदैन र रातमा पनि निदाउन मनाही छ। यस बेला भजन-कीर्तन गर्नु शुभ मानिन्छ।
  • व्रत राख्दा खाली मांग नराख्नुपर्छ। सोलह श्रृंगार पूरा गर्न आवश्यक छ।
  • धार्मिक विश्वास अनुसार, यस दिन कालो रंगको लुगा र चूड़ि नलगाउने; हरियो वा रातो रंगको लुगा लगाउन उचित मानिन्छ।
  • व्रतको समयमा पतिसँग झगडा वा बहस नगर्नुहोस्। यसले परिवारमा नकारात्मक ऊर्जा पैदा गर्न सक्छ र व्रतको फल नपुग्न सक्छ।
  • महिनावारीको समयमा व्रत नगर्नु नै उचित हुन्छ। आवश्यक परे मनमा संकल्प लिएर मात्र ध्यान र मन्त्र जाप गर्न सकिन्छ; पूजा वा पूजाका सामग्री नछुनुहोस्।

हरेतालिका तीजको व्रत धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ। महिलाले यसलाई विधिपूर्वक पालन गर्दा पवित्र फल प्राप्त हुने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?