नवाजुद्दीन सिद्दीकीले छोरीको आलोचना सहन्छन्, भन्छन् ‘उनको स्वतन्त्रता महत्वपूर्ण छ’

काठमाडौँ – बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नी छोरी शोरासँगको सम्बन्ध र उनको व्यवहारका बारेमा खुलासा गरेका छन्। नवाजुद्दीन आफ्नो अभिनयका लागि परिचित छन् भने फिल्म उद्योगमा बलियो पहिचान बनाइसकेका छन्। तर उनी भन्छन्, छोरी शोराले उनको कामप्रति आलोचनात्मक दृष्टि राख्छिन् र उनका धेरै फिल्महरू समेत हेर्दैनन्।

नवाजुद्दीनले ‘द न्यु इन्डियन एक्सप्रेस’ सँगको अन्तर्वार्तामा भने, “कहिलेकाहीं म उनलाई कडा व्यवहार गर्छु, तर धेरै माया पनि गर्छु। उनी मसँग डराउँदिनन् र खुलेर मलाई आलोचना गर्छिन्। उनलाई थाहा छ कि म ठूलो अभिनेता हुँ, तर त्यसले उसलाई मेरो आलोचना गर्नबाट रोक्दैन। धेरैजसो मेरा फिल्महरू उनी हेरेकी छैनन्।”

शोराले अभिनय सिक्दै गरेकी छन् र नवाजुद्दीन सामाजिक सञ्जालमा उनका तस्बिर र भिडियोहरू समेत सेयर गरिरहन्छन्। उनका फ्यानहरूले शोरालाई पनि अभिभावकजस्तै प्रतिभाशाली ठानेका छन्।

नवाजुद्दीनले अभिनय गरेका चर्चित फिल्महरूमा ‘ग्याङ्स अफ वासेपुर’, ‘किक’, ‘बजरंगी भाईजान’, ‘रईस’ लगायत छन्। उनी वेब सिरिज ‘सेक्रेड गेम्स’ बाट पनि धेरै चर्चित बनेका थिए। हालै भने उनले डराउने थ्रिलर फिल्म ‘थाम’मा आवाज दिने काम गरेका छन्, जसले दर्शकको ध्यान खिचेको छ।

नवाजुद्दीन र उनका छोरी शोराबीचको यो खुलेर आलोचना गर्ने सम्बन्धले उनको व्यक्तिगत जीवनका पाटोहरूलाई थप रंगीन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?