जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मातृत्वपछि पनि फिटनेस सम्भव : नेहा धुपियाको अनुभवबाट के सिक्ने ?

मुम्बई – बलिउड अभिनेत्री नेहा धुपियाले मातृत्वपछिको आफ्नो जीवनशैलीमा महत्वपूर्ण परिवर्तन गर्दै २३ किलो तौल घटाउने सफलता हात पारेकी छन्। दुई सन्तानकी आमा बनेकी धुपियाले आफ्नो फिटनेस यात्रा समाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकी हुन्।

‘जूली’, ‘कयामत’ र ‘सिंह इज किङ’ जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेकी धुपिया पछिल्लो समय एमटीभीको ‘रोडिज’ शोको न्यायाधीशको रूपमा सक्रिय छिन्। अभिनयसँगै फिटनेसप्रति समेत सचेत रहँदै आएकी उनी अहिले आफ्नो प्रसवपछिको तौल घटाउने सफल यात्राका लागि चर्चामा छिन्।

“फिटनेसभन्दा पहिले मातृत्व प्राथमिक थियो”

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा नेहाले बताइन् कि गर्भावस्थापछि उनका लागि सबैभन्दा ठूलो प्राथमिकता आफ्ना बच्चाहरूको हेरचाह र स्तनपान थियो। “यी चार वर्ष निकै असाधारण रहे जहाँ मेरो तौल लगातार घट्यो र फेरि बढ्यो पनि,” उनले भनिन्, “म आमा बनेपछि मेरो ध्यान आफ्ना सन्तानतर्फ नै केन्द्रित भयो, जसको असर मेरो शारीरिक फिटनेसमा पनि पर्‍यो।”

डाइटमा सानो परिवर्तन, ठूलो परिणाम

नेहाले तौल घटाउनका लागि कठोर डायट योजना अपनाएको होइन। बरु उनले चिनी, तारेको खाना र ग्लुटेन युक्त पदार्थहरू हटाइन्। साथै, भोजनको समय व्यवस्थापन उनको दिनचर्यामा ठुलो परिवर्तन थियो।

“म साँझ ७ बजे बच्चासँग खाना खान्छु र बिहान ११ बजे श्रीमानसँग ब्रेकफास्ट गर्छु,” उनले भनिन्। धुपियाका अनुसार, सन्तुलित आहार, नियमित जीवनशैली र मानसिक शान्तिले नै उनलाई यो लक्ष्यमा पुग्न मद्दत गर्‍यो।

सामाजिक सञ्जालमा खुलेर प्रेरणा बाँडिन्

धुपियाले आफ्नो तौल घटाउने यात्राबारे सामाजिक सञ्जालमा पनि लेख्दै आम महिलालाई ढाडस दिएकी छन्। उनले उल्लेख गरेकी छन् कि फिटनेसप्रति धैर्य र प्रतिबद्धताले मात्र दीर्घकालीन सफलता दिन्छ।

नेहाको यो रूपान्तरणले विशेषगरी आमा बनेपछि तौलका कारण चिन्तित महिलाहरूलाई प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ। अभिनेत्रीको सो सफलता मातृत्व र फिटनेसबीच सन्तुलन सम्भव छ भन्ने सन्देश दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?