जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साइग्रेस पोखरेलले ‘आ बाट आमा’ फिल्ममार्फत अभिनयमा डेब्यू गर्ने

काठमाडौँ – सामाजिक सञ्जालबाट चर्चा कमाएका ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेल अब रजतपटमा डेब्यू गर्ने भएका छन्। उनी निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘आ बाट आमा’ मा अभिनय गर्न लागेका हुन्।

निर्देशक पन्तले फिल्मको छायांकन आगामी १२ भदौदेखि सुरु हुने जानकारी दिएका छन्। पटकथाकारसमेत रहेका पन्तले पोखरेललाई फिल्मको महत्वपूर्ण भूमिकामा अनुबन्धित गरिएको बताए।

फिल्ममा साइग्रेससँगै पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मको कथावस्तु, कलाकार संयोजन र निर्देशन पक्षले दर्शकमाझ अपेक्षा बढाएको छ।

फिल्मका निर्माताहरूमा कृष्ण सुवेदी, ध्रुव न्यौपाने र प्रकाश कुँवर छन्। करण सिंह कार्यकारी निर्माता तथा क्षितिज ढुङ्गाना सह-निर्माताको रूपमा जोडिएका छन्।

फिल्मको अष्ट्रेलिया र न्यूजिल्याण्डको वितरण अधिकार पहिले नै बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ। यसले फिल्मको अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति रहने संकेत दिएको छ।

फिल्म फागुन १५ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। निर्माण टिमले हाल छायांकन र पोस्ट-प्रोडक्सनको कामलाई तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?