जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चितवनमा जापानीज इन्सेफ्लाईटिसले तीनको मृत्यु, नौ जना सङ्क्रमित

चितवन – चितवनमा जापानीज इन्सेफ्लाईटिसबाट तीन जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, गत साउन २३ देखि भदौ ३ गतेसम्मको परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए भने तीमध्ये तीन जनाको ज्यान गएको छ।

जापानीज इन्सेफ्लाईटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा देखा परेको छ। क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले स्थानीयवासीहरूमा चिन्ता थपेको छ।

राम केसीले सबैलाई सचेत रहन आग्रह गर्दै भने, “अचानक उच्च ज्वरो, टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने र घाँटी दुख्ने लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था सम्पर्क गर्नुपर्छ।”

स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न घर वरिपरि सरसफाइ गर्न, लामखुट्टे मार्ने औषधि प्रयोग गर्न र लामखुट्टेबाट बच्ने उपाय अपनाउन सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?