जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बीसीसीआईले गर्यो महिला विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा

काठमाडौँ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आगामी महिला एकदिवसीय विश्वकप २०२५ का लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

भारत र श्रीलंका संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा कप्तानी हरमनप्रीत कौरले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी स्मृति मन्धनले सम्हाल्नेछिन्।

टोली घोषणा गर्दा सबैको ध्यान आकर्षित गरेको कुरा भनेको विस्फोटक ओपनर शेफाली वर्माको टोलीबाट बाहिरिनु हो। शेफालीले पछिल्ला केही श्रृंखलामा निराशाजनक प्रदर्शन गरेपछि उनलाई टोलीबाट बाहिर राखिएको हो। इङ्ल्यान्ड र अष्ट्रेलिया भ्रमणमा उनले खास प्रभाव पार्न सकेनन्।

बलिङतर्फ भने बलियो सन्तुलन कायम छ। बलिङमा नयाँ ऊर्जा भर्ने आशयका साथ रेणुका सिंह ठाकुर टोलीमा फर्किएकी छन्। हरलीन देओल, दीप्ती शर्मा र अरुन्धती रेड्डी पनि बलिङ आक्रमणलाई बलियो बनाउने खेलाडीहरू हुन्।

भारतीय ब्याटिङ लाइनअपमा हरमनप्रीत कौर, स्मृति मन्धन, प्रतिका रावल, जेमिमा रोड्रिग्स, सायली सतघरे लगायत अनुभवी र युवा खेलाडीहरू छन्। विकेटकीपरको रूपमा ऋचा घोष र यास्तिका भाटियालाई समावेश गरिएको छ।

भारतीय टोली सेप्टेम्बर ३० मा श्रीलंका विरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्नेछ। घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा भारतले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?