जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

२०२५ मा सबैभन्दा धेरै नाफा कमाउने तीन फिल्म: ‘महावतार नरसिंह’, ‘सैयारा’ र ‘छावा’

काठमाडौँ – सन् २०२५ मा रिलिज भएका बलिउड फिल्महरूमा ‘महावतार नरसिंह’, ‘सैयारा’ र ‘छावा’ सबैभन्दा धेरै नाफा कमाउने फिल्मको सूचीमा शीर्ष स्थानमा रहेका छन्।

एनिमेटेड पौराणिक फिल्म ‘महावतार नरसिंह’ २५ जुलाईमा रिलिज भई अहिले सम्म २१२.७५ करोड रुपैयाँ आम्दानी गरेको छ। कम बजेट (१५ करोड)मा बनेको यस फिल्मले करिब १९७.७५ करोड रुपैयाँ नाफा कमाएको छ।

मोहित सुरी निर्देशित रोमान्टिक फिल्म ‘सैयारा’ १८ जुलाईमा रिलिज भएको थियो। यसको बजेट ४५ करोड रहेको छ र यसले ३३२.३७ करोड रुपैयाँ बक्स अफिस कलेक्शन गरेको छ। यसले २८७.३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

विक्की कौशल अभिनित पीरियड-ड्रामा ‘छावा’ १४ फेब्रुअरीमा रिलिज भएको थियो र यसले अहिलेसम्म ६१५.३९ करोड रुपैयाँ कलेक्शन गरेको छ। यसको बजेट १३० करोड रहेको यस फिल्मले ४८५.३९ करोड रुपैयाँ नाफा कमाएको छ। यी फिल्महरूले २०२५ मा बलिउड बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?