जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रणदीप हुड्डाको संघर्षपूर्ण यात्रा: डिप्रेसनदेखि करोडौंको सम्पत्तिसम्म

मुम्बई – बलिउड अभिनेता रणदीप हुड्डा ले आफ्नो जीवनको कठिन दौर स्मरण गर्दै खुलासा गरेका छन् कि एक समय यस्तो पनि आयो, जब उनले सबैथोक बेच्नुपरेको थियो। काम नपाएको कारण आर्थिक संकट झेल्नुपरेको हुड्डाले बताए।

ह्युमन्स अफ बम्बे सँगको कुराकानीमा उनले भने, “२३ वर्षे करियरमा ११ वर्ष म बिना काम बसें। एक समय आयो जब मैले मेरो घोडासमेत बेच्नुपर्‍यो। त्यो बेला डिप्रेसनमा गएँ, जीवन सकिएकोजस्तो लाग्थ्यो।” उनले ‘द ब्याटल अफ सारागढी’ फिल्मका लागि तीन वर्षसम्म तयारी गरे पनि फिल्म बन्द भयो।

रणदीपले डिप्रेसनबाट बाहिर निस्कन गुरुद्वारा पुगेको र त्यसपछि आफूलाई सम्हालेको बताए। “तीन वर्षसम्म काम थिएन, तौल बढेको थियो, परिवार चिन्तित थियो। तर फेरि उठेँ,” उनले भने।

आज रणदीप हुड्डा ७०–८० करोड रुपैयाँको सम्पत्तिका मालिक हुन्। उनी एक फिल्मको लागि ५–१० करोड रुपैयाँ पारिश्रमिक लिन्छन्। घोडाप्रेमी रणदीपसँग आफ्नै तबेला र ६ घोडा छन्।

मुम्बईमा उनले २० करोड मूल्यको घर खरिद गरेका छन्। उनको आफ्नै प्रोडक्सन हाउस पनि छ, जसअन्तर्गत उनले ‘स्वतन्त्र वीर सावरकर’ जस्ता फिल्महरू निर्माण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?