जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आगामी असोज ४ गते राष्ट्रिय मिनी स्केट म्याराथन हुने

काठमाडौँ – नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको इनलाइन स्केटिङ प्रतियोगिता हुने भएको छ। द स्केट ल्यान्ड को आयोजना तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घ को सहकार्यमा आगामी असोज ४ गते राष्ट्रिय मिनी स्केट म्याराथन हुने भएको हो।

प्रतियोगिता काठमाडौँ सुन्दरीजल आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुनेछ। पाँच किलोमिटर दूरीमा हुने सो प्रतियोगितामा नेपाल, भारत र संयुक्त अरब इमिरेट्स (दुबई) का गरी दुई सय खेलाडी सहभागी हुने स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले जानकारी दिए।

उनका अनुसार नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा स्वर्णपदक विजेताले रु ५० हजारसहित स्केट सुज र सेफ्टी गियर, रजतपदक विजेताले रु ३० हजारसहित स्केट सुज र कास्यपदक विजेताले रु १५ हजारसहित सेफ्टी गियर प्राप्त गर्नेछन्।

नेपालमा सञ्चालनमा रहेका तीन सयभन्दा बढी स्केटपार्कका उत्कृष्ट खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ भने भारतबाट मात्रै पचासभन्दा बढी खेलाडी आउने जनाइएको छ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केटबोर्डिङ खेललाई व्यावसायिक रूपमा अघि बढाउने महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?