जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

जिउचुआन – चीनले मंगलबार आफ्नै प्रविधिमा विकास गरिएको ‘लिजियन–१ वाई १०’ प्रक्षेपण यानमार्फत सातवटा उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।

देशको उत्तर–पश्चिमी व्यावसायिक अन्तरिक्ष प्रविधि क्षेत्रबाट दिउँसो ठीक ३ बजेर ३३ मिनेटमा सो यान प्रक्षेपण गरिएको हो। ठोस इन्धन प्रयोग गर्ने ठूलो क्षमतायुक्त ‘लिजियन–१’ यानले एकैपटक धेरै उपग्रहलाई पृथ्वीको निचो कक्षमा पठाउने क्षमता राख्छ।

यस पटक प्रक्षेपण गरिएका सात उपग्रहहरू वातावरणीय अनुगमन, सञ्चार, वैज्ञानिक परीक्षण तथा विभिन्न अनुसन्धानका लागि प्रयोग गरिनेछन्। अधिकारीहरूका अनुसार सबै उपग्रहहरू निर्धारित कक्षमा सुरक्षित रूपमा पुगेका छन् र मिशन पूर्ण सफल भएको छ।

‘लिजियन–१’ यान चीनको निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो आधुनिक प्रक्षेपण यानमध्ये एक हो। यसलाई चीनको अन्तरिक्ष अनुसन्धान तथा व्यावसायिक उपग्रह प्रक्षेपण क्षमतामा ठूलो उपलब्धि मानिएको छ।

हालका वर्षमा चीनले आफ्नै प्रविधिमा आधारित प्रक्षेपण यानहरू निर्माण गर्दै अन्तरिक्ष यात्रालाई नियमित र आत्मनिर्भर बनाउन थालेको छ। यसले चीनलाई अन्तरिक्ष प्रविधिमा विश्वस्तरमै अग्रपंक्तिमा पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?