जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अष्ट्रेलियाका २५ हलमा ‘माग्ने राजा’ प्रदर्शन

काठमाडौं- भदौ ६ (अगस्ट २२) बाट नेपालसँगै अष्ट्रेलियामा पनि सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न २५ सहरका सिनेमा हलमा रिलिज हुने भएको छ।

अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले फिल्मलाई एक सय शोका साथ रिलिज गर्न लागेको जानकारी दिएको छ। सिनेमा हलमा प्रदर्शन हुने भएपछि टिकट बुकिङ पनि सुरु भएको छ। थ्रिकेजीका गोविन्द भण्डारीका अनुसार सुरुवाती चरणमै देखिएको रुचिले ‘माग्ने राजा’ ले अष्ट्रेलियामा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले फिल्मको हाइप र सम्भावनालाई ध्यानमा राख्दै पर्याप्त शोसहित रिलिज गर्न लागेको बताइन्। उनका अनुसार लामो समयपछि अष्ट्रेलियामा नेपाली फिल्म सिनेमा हलमै रिलिज हुन लागेको हो।

फिल्मको वितरण अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट ले गर्नेछ। कम्पनीका देव कार्कीले नेपालसँगै अष्ट्रेलियामा पर्याप्त शोसहित रिलिज हुने ‘माग्ने राजा’ ले उत्साहजनक व्यापार गर्ने अपेक्षा व्यक्त गरे।

केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत भएको यस फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङदेल, शारदा गिरीलगायत कलाकारको अभिनय छ। मुनाल घिमिरे निर्मित र ऋषि लामिछाने निर्देशित फिल्ममा मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पाश्र्वसंगीत र सामीप्य तिमल्सेनाको लेखन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?