जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आमिर खानका भाइ फैजलले तोडे पारिवारिक सम्बन्ध, आमिरमाथि विवाहबाहिरको सम्बन्धको आरोप

मुम्बई- बलिउड सुपरस्टार आमिर खानका भाइ फैजल खानले फेरि एकपटक आफ्नो पारिवारिक विवाद सार्वजनिक गरेका छन्।

लामो समयदेखि परिवारसँगको मतभेदका कारण विवादमा रहेका फैजलले सोमबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै आमिरसहित परिवारमाथि गम्भीर आरोप लगाएका हुन्।

फैजलका अनुसार, उनले सन् २००२ मा विवाह गरे पनि सोही वर्ष डिसेम्बरमा सम्बन्ध विच्छेद भयो। त्यसपछि परिवारले जबर्जस्ती आफ्नै काकीसँग विवाह गर्न दबाब दिएको उनले दाबी गरे। यसलाई उनले जीवनको अन्धकारमय अध्याय भनेका छन्।

त्यसैगरी, उनले आमिर खानमाथि पनि व्यक्तिगत आरोप लगाउँदै भने, “आमिरले पहिलो पत्नी रीना दत्तासँग वैवाहिक सम्बन्धमा रहँदा नै बाहिरी सम्बन्ध राखेका थिए।” उनका अनुसार, आमिरले ब्रिटिश पत्रकार जेसिका हाइन्ससँग विवाहबाहिर सम्बन्ध राखेर बच्चा जन्माएका थिए।

फैजलले आफूलाई मानसिक रोगको नाममा औषधि खुवाई करिब एक वर्षसम्म घरमै कैदमा राखिएको पनि आरोप लगाए। उनले भने, “मलाई मानसिक रूपमा नियन्त्रण गर्ने प्रयास गरियो, जसले मेरो स्वतन्त्रता खोस्यो।”

यससँगै फैजलले सामाजिक सञ्जालमार्फत परिवारसँगको सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको घोषणा गरेका छन्। उनले लेखे,
“यो सजिलो निर्णय होइन, तर मेरो आत्मिक उपचार र व्यक्तिगत विकासका लागि आवश्यक थियो। अब म स्वतन्त्रताको बाटोमा, आत्म-अन्वेषण र सकारात्मकताको यात्रामा अघि बढ्दैछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?