जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

७ वर्षपछि जीवन लुइँटेल ‘सकम्बरी’मार्फत फिल्ममा पुनरागमन

काठमाडौं- अभिनेता तथा पूर्वमिस्टर नेपाल जीवन लुइँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्कन लागेका छन्। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने ‘सकम्बरी’ मा उनले शीर्ष भूमिका निर्वाह गर्नेछन्।

बुधबार जीवनसँग लिखित सम्झौता भएको छ भने सोही दिन अभिनेता अर्पण थापा पनि फिल्ममा अनुबन्धित भएका छन्। जीवनले सुयोगवीर र अर्पणले शिवराजको पात्रमा अभिनय गर्नेछन्।

निर्माता प्रकाश पुरीका अनुसार ‘शिरीषको फूल’ बाट प्रभावित भए पनि फिल्मको कथा पूर्णत: नयाँ हुनेछ। नेपाल र म्यानमारमा छायांकन हुने फिल्मको बजेट करिब ३ करोड रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?