जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विधु विनोद चोपडाको खुलासा: “विद्या बालनले अडिसनमा गाली गरिरहेकी थिइन्”

काठमाडौँ – फिल्म ‘परिणीता’ को २० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष स्क्रिनिङमा निर्माता विधु विनोद चोपडाले एक रोचक र चकित पार्ने प्रसंग सार्वजनिक गरेका छन्। उनले अभिनेत्री विद्या बालनले डेब्यु फिल्म ‘परिणीता’ का लागि अडिसनकै क्रममा आक्रोशजनक व्यवहार देखाएको खुलासा गरेका हुन्।

विधुले भने, “धेरै ठूला अभिनेत्रीहरूले परिणीता गर्न चाहेका थिए, तर निर्देशक प्रदीप सरकारले चेम्बुरकी एक नयाँ केटीबारे भने -विद्या बालन। मैले भने– स्क्रिन टेस्ट गर। म सामान्यतः अडिसनमा भेट्दिन तर विद्याले २०–२५ वटा टेस्ट दिएकी थिइन्।”

चोपडाका अनुसार, थुप्रै टेस्टपछि अन्तिम स्क्रिन टेस्ट अघि विद्या यति थकित थिइन् कि उनले गाली गलौज गर्न थालिन्। “उनी आफैंलाई हेरेर गुनासो गरिरहेकी थिइन्, मैले टाढाबाट सुनेँ,” उनले भने, “तर अन्तिम टेस्टमा उनले यस्तो अभिनय गरिन् कि हामी सबै स्तब्ध भयौं। मैले तत्कालै प्रदीपलाई फोन गरेर भने– उसैलाई राख।”

विशेष स्क्रिनिङमा रेखा, दिया मिर्जा, श्रेया घोषाल, राजकुमार हिरानी र स्वयं विद्या बालन उपस्थित थिए। कार्यक्रमको भिडियोमा विद्यालाई रेखाको खुट्टा छुँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सन् २००५ मा रिलिज भएको ‘परिणीता’ मा विद्या बालनसँग सैफ अली खान र संजय दत्त मुख्य भूमिकामा देखिएका थिए। फिल्मको संगीत, अभिनय र कथा आज पनि दर्शकको मनमा गहिरो रूपमा बसेको छ। यद्यपि, सैफ र संजय स्क्रिनिङमा अनुपस्थित रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?