जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नारायण खतिवडाको नयाँ तीज गीत ‘बरि लै’ सार्वजनिक

काठमाडौं – चर्चित गीतकार नारायण खतिवडाको नयाँ तीज गीत ‘बरि लै’ हालै सार्वजनिक भएको छ। गीतमा तीजको उल्लास, नारीको सौन्दर्य र प्रेमको भावना प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।

गीतको सङ्गीत संयोजन र कम्पोज मनोज साङ्सनले गरेका हुन् भने स्वरमा मनोज साङ्सन र सुरेश राईले समृद्धि थपेका छन्। परम्परागत र आधुनिक सङ्गीतको मिश्रणले गीतलाई विशेष आकर्षक बनाएको छ।

रेकर्डिङ मनोज साङ्सन र सुरेश राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन्। भिडियो सम्पादन विकास धमलाले गरेका हुन्। भिडियोमा रन्जु मिश्र, सहारा कोइराला र विदेश मार्सलको कलात्मक अभिनय रहेको छ।

गीत स्टूडियो किङ्ममा रेकर्ड गरिएको हो। छायाङ्कन अर्जुन कटवालले गरेका हुन् भने कोरियोग्राफी सन्जिला सुमित्राले तयार पारेकी छन्। गीतकार नारायण खतिवडाले स्वयं निर्देशन गरेको भिडियो ‘नमस्ते नेपाल डिजिटल स्टूडियो’बाट सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?