जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रणवीर सिंहको फिल्म ‘धुरन्धर’को सेटमा १२० जना बिरामी

मुम्बई- बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’को सुटिङ सेटमा ठूलो दुर्घटना भएको छ।

लेहमै भइरहेको सुटिङका क्रममा खाना विषाक्तताका कारण १ सय २० जना क्रिउ सदस्य बिरामी परेपछि उनीहरूलाई तत्काल अस्पताल भर्ना गरिएको हो।

१७ अगस्टका दिन सुटिङ स्थलमा करिब ६ सय जना कलाकार, प्राविधिक तथा चालक दलका लागि खाना पकाइएको थियो। तर खाना खाएलगत्तै १ सय २० जनाको स्वास्थ्य बिग्रिएको खुलेको छ।

घटनापछि अस्पतालले लेह प्रहरी, जिल्ला प्रशासन र खाद्य सुरक्षा विभागलाई जानकारी दिँदै खानाको नमूना परीक्षणमा पठाएको छ।

यस घटनापछि अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले कडा अनुसन्धानको माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै भनिएको छ–
“लेहमा ‘धुरन्धर’को सुटिङ सेटमा खाद्य विषाक्तताका कारण ठूलो संख्यामा कामदार बिरामी हुनु अत्यन्त दुःखद हो।

रणवीर सिंहजस्तो शीर्ष अभिनेता र उच्च बजेट भएको फिल्म सेटमै आधारभूत आवश्यकताजस्तै सुरक्षित खाना बेवास्ता हुनु लज्जास्पद कुरा हो।”

संघले फिल्म निर्माता तथा फाइनान्सरहरूलाई आरोप लगाउँदै भनेको छ कि खर्च बचत गर्ने नाममा अस्वच्छ खाना खुवाएर श्रमिकहरूको स्वास्थ्यलाई जोखिममा पारिएको छ। साथै, प्रायः हरेक सेटमा कामदार र कलाकार/निर्माताका लागि छुट्टाछुट्टै खाने टेबल हुने गरेको र मजदुरलाई निम्नस्तरको खाना खुवाइने विभेदपूर्ण प्रथा तत्काल अन्त्य गर्नुपर्ने संघको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?