जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेप्से साताको अन्तिम दिन पनि नौ अंकले घट्यो

काठमाडौँ – बुधबार नौ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार पनि करिब नौ अंकले घटेको छ। साताको अन्तिम दिन नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा आइपुगेको छ।

सोमबार र मंगलबार लगातार दुई दिन बढेको बजार त्यसपछिका दुवै दिन निरन्तर घटेको हो। बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको देखिएको छ। बुधबार पाँच अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार कारोबार रकम पाँच अर्ब दुई करोड रूपैयाँमा सीमित भएको छ।

बिहीबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये निर्जीवन बीमा कम्पनी समूह मात्रै बढेको छ भने अन्य सबै समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।

कुल ३१९ कम्पनीमा कारोबार भएकोमा, ८८ कम्पनीको मूल्य बढेको छ भने २२२ कम्पनीको सेयर मूल्य घटेको छ।

बुधबारबाट कारोबारमा आएको विकास हाइड्रो को सेयर मूल्य आज पनि बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै ३५३.४० रूपैयाँ पुगेको छ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त को सेयर मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशतले घटेर १,२६३ रूपैयाँ मा कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै रकम हिमालयन रि इन्सुरेन्स को सेयरमा आएको छ। उक्त कम्पनीको सेयर कारोबार २४ करोड ९ लाख रूपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?