जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जीवन लुइँटेल फर्किए ‘सकम्बरी’ सँगै ठूलो पर्दामा

काठमाडौँ – अभिनेता जीवन लुइँटेल ७ वर्षपछि फिल्ममा कमब्याक गर्दै छन्। उनले नाटक ‘शिरीषको फूल’ बाट थियटरमा डेब्यु गरेका थिए र अब कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ नामक फिल्मबाट ठूलो पर्दामा फर्कन लागेका हुन्।

कान्तिपुर फिल्म एकेडेमीले बुधबार जीवनसँग लिखित सम्झौता गरिसकेको छ। फिल्ममा अभिनेता अर्पण थापाको पनि अभिनय रहनेछ भने निर्देशकबारे आगामी हप्ता सार्वजनिक गरिनेछ, एकेडेमीका सीईओ प्रकाश पुरीले बताए।

फिल्मको छायाँङ्कन तिहारपछि सुरु हुने छ र हाल यसको प्रिप्रोडक्सन भइरहेको छ। ‘सकम्बरी’ फिल्म पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’ बाट प्रेरित बनेको हो।

फिल्ममा जीवन लुइँटेलले सुयोगवीर र अर्पण थापाले शिवराजको भूमिका निर्वाह गर्नेछन्। यस फिल्ममार्फत जीवन लुइँटेलले लामो समयपछि अभिनयमा पुनः सक्रियता जनाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?