जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टप टी–२० सिरिज : निर्णायक खेलमा पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलअन्तर्गत शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुने यो खेल नेपालका लागि जीवन–मरणको जस्तो बन्ने देखिएको छ। सिरिजमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा दुईमा जित हात पार्दा तीन खेलमा हार बेहोरेको छ।

पहिलो तीन खेलमा नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’ र मेलबर्न स्टार्ससँग पराजित भएको नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रन र पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै आत्मविश्वास फिर्ता ल्याएको छ।

अहिले ११ टोली सहभागी सिरिजको अंक तालिकामा चार अंकसहित सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न पाकिस्तानलाई हराउनैपर्ने दबाब छ। अर्कोतर्फ, ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको पाकिस्तान विजयी भएमा नेपाल समूह चरणमै बाहिरिनेछ।सिरिजको सेमिफाइनलमा शीर्ष चार टोली मात्र पुग्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?