जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फ्राइडे रिलिज : ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ आजदेखि प्रदर्शनमा

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ६ गते शुक्रबारदेखि तीन नयाँ नेपाली फिल्म देशभर प्रदर्शनमा आएका छन्। सिनेमा हलहरुले दर्शकको माग र कलाकारको लोकप्रियतालाई आधार मानेर ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ लाई शो दिएका छन्।

यीमध्ये सबैभन्दा बढी शो पाउन सफल भएको फिल्म ‘माग्ने राजा’ हो। ऋषि लामिछानेको निर्देशनमा बनेको यस फिल्मले देशभर करिब १५० शो पाएको छ। लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देललगायतको अभिनय छ भने आर्यन सिग्देल र उषा खड्गी विशेष भूमिकामा देखिएका छन्। आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई अष्ट्रेलियाका २५ हलमा समेत एक सय शोसहित रिलिज गरिएको छ।

यसैगरी विजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘जनै हराएको मान्छे’ ले करिब ११० शो पाएको छ। भोलाराज सापकोटा, गौरव पहाडी, सुशांक मैनाली, भावना खपांगी मगरलगायत समावेश यस फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ।

त्यस्तै, आशान्त शर्माको निर्देशन तथा मुख्य भूमिकामा बनेको ‘ताराहरू’ ले भने करिब ३० शो मात्र पाएको छ। मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी र मिरा खड्काको अभिनय रहेको फिल्मलाई वेज प्रालिले निर्माण गरेको हो। शरद महतोको छायांकन तथा विनोद पाण्डेको सम्पादन रहेको यस फिल्ममा अविनाश नापितले भिएफएक्स गरेका छन्।

यसका अतिरिक्त, दुई साताअघि रिलिज भएको पल शाह, बेनिशा हमाल र नीति शाह अभिनित फिल्म ‘मोहर’ पनि हाल ५२ शोसहित प्रदर्शन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?