जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

झलकमानको ‘हे बरै आमाले सोध्लिन्’ अब आशिष अविरलको स्वरमा

काठमाडौं– चलचित्र ‘कोशेढुंगा’ मा समावेश झलकमान गन्दर्भको प्रसिद्ध गीत ‘हे बरै आमाले सोध्लिन्’ गायक तथा संगीतकार आशिष अविरलको स्वरमा पुनः स्वरांकनसहित सार्वजनिक गरिएको छ।

परदेशिएका छोराले घर फर्कन नसकेको पीडादायी भाव बोकेको गीत गाउन पाउँदा गर्व महसुस भएको अविरलले बताएका छन्। उनका अनुसार झलकमानको परिवारको अनुमति लिएर गीत पुनः रेकर्ड गरिएको हो र रोयल्टी पनि परिवारलाई नै जाने व्यवस्था गरिएको छ।

फिल्मको भिडियोमा अभिनेता मुकुन भुसाल सारंगी बजाउँदै प्रस्तुत भएका छन्। सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ आगामी भदौ १२ गते प्रदर्शनमा आउनेछ। चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाहलगायत कलाकारको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?