जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साफ यू-१७ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपअन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७–० को ठुलो हार बेहोरेको थियो। तर, दोस्रो खेलमा आयोजक भुटानलाई २–१ ले पराजित गर्दै आत्मविश्वास बढाएको छ।

आजको खेलमा नेपालले बंगलादेशलाई हराउँदै प्रतियोगितामा आफ्नो स्थिति मजबुत बनाउन प्रयास गर्नेछ। यो प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान सहभागी छन्। राउन्ड रोबिन ढाँचामा भइरहेको प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्काविरुद्ध खेल्नेछ।

तालिकाअनुसार नेपालले २७ अगस्टमा बंगलादेशसँग, २९ अगस्टमा भारतसँग र ३१ अगस्टमा भुटानसँग खेल्ने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?