जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सौगात मल्लको नयाँ फिल्म ‘मन्त्र’ युट्युबमा रिलिज

काठमाडौँ- हरितालिका तीजको अवसरमा नेपाली चलचित्र ‘मन्त्र’ युट्युबमा सार्वजनिक भएको छ। यस चलचित्रको निर्देशन खिल बहादुर गुरुङले गरेका हुन्।

निर्देशक गुरुङको अर्को फिल्म ‘रिमै’ भदौ २० गतेबाट हलमा प्रदर्शनमा आउने तयारीमा छ। हलमा प्रदर्शनको समयमा ‘मन्त्र’ ले ठूलो व्यापार गर्न सकेन भने पनि दर्शक र समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।

सौगात मल्ल, बुद्दि तामाङ र दीया पुनको मुख्य भूमिकामा रहेको चलचित्रको कथा मनास्लु क्षेत्र वरिपरि आधारित छ। चलचित्रमा त्यहाँको स्थानीय संस्कृति अनुसार केटी भगाएर लैजाने परम्परा चित्रण गरिएको छ।

चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पा लगायतका कलाकारको प्रभावशाली अभिनय देख्न सकिन्छ। पटकथा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेका हुन्। चलचित्र रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको संयुक्त लगानीमा बनेको हो भने देवेन्द्र मानन्धर कार्यकारी निर्माता छन्। सञ्जय लामाले छायांकन गरेका छन् भने मित्र डी. गुरुङले सम्पादन गरेका छन्।

चलचित्र ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत दर्शकसँग साझा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?