अर्जुन बिजलानीको स्पष्टोक्ति : “न बिग बोस जाँदैछु, न श्रीमतीसँग सम्बन्ध विच्छेद हुँदैछ”

मुम्बई – टेलिभिजन अभिनेता अर्जुन बिजलानी पछिल्लो समय दुई कारणले चर्चामा छन्। एकातिर उनी चर्चित रियालिटी शो ‘बिग बोस’ को नयाँ सिजनमा सहभागी हुँदैछन् भन्ने अड्कलबाजी चलिरहेको छ, भने अर्कातिर उनकी श्रीमती नेहा स्वामी सँगको सम्बन्ध विच्छेदको खबरले पनि मिडिया तापिएको छ।

तर यी दुवै चर्चाका बीचमा, अर्जुनले आफ्नो मौनता तोडेका छन् र सामाजिक सञ्जालमार्फत दुवै विषयमा स्पष्ट खण्डन गरेका छन्।

इन्स्टाग्राममार्फत एक प्रेमिल भिडियो सेयर गर्दै अर्जुनले लेखेका छन्, “मैले पछिल्लो भिडियोमा जे भनेँ, म त्यसलाई मान्दछु। तर मैले भनेको थिएँ – अड्कलबाजी नगर। त्यसैले म यो स्पष्ट पार्न चाहन्छु कि म न त बिग बोस गरिरहेको छु, न त सम्बन्ध विच्छेद गरिरहेको छु। Just here to rise.” उक्त पोस्टसँगै उनले श्रीमती नेहा स्वामीसँगको रमाइलो पल समेटिएको भिडियो पनि सार्वजनिक गरेका छन्, जसले वैवाहिक सम्बन्धमा दरार आएको अफवाहलाई खारेज गरेको छ।

भिडियोको अन्त्यमा अर्जुनले फ्यान र मिडियालाई अपिल गर्दै भने: “चाँडै सबै कुरा स्पष्ट पार्नेछु। तर अहिलेका लागि, कृपया अनुमान नगर्नुहोस्।”

अर्जुन बिजलानीले ‘बिग बोस’ मा सहभागी हुँदैछन् र उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्दैछन् भन्ने दुईवटा प्रमुख अफवाहलाई एकै साथ खारेज गरेका छन्। उनका अनुसार यी सबै अनावश्यक अड्कलबाजी मात्र हुन् र वास्तविकता पूर्ण रूपमा भिन्न छ।

हाललाई उनले आफ्नो वैवाहिक जीवनमा कुनै समस्या नभएको र ‘बिग बोस’सँग पनि कुनै संलग्नता नरहेको स्पष्ट रूपमा बताएका छन्। अब उनका प्रशंसकहरू भने उनले चाँडै खुलासा गर्ने भनिएको ‘निर्णय’को प्रतीक्षामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?