जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

परिणीति चोपडा र राघव चड्ढा चाँडै आमाबाबु बन्ने

काठमाडौँ – बलिउड अभिनेत्री परिणीति चोपडा र भारतीय राजनीतिज्ञ राघव चड्ढा चाँडै नै आमाबाबु बन्ने भएका छन्। दम्पतीले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफ्नो पारिवारिक जीवनमा नयाँ सदस्यको आगमन हुन लागेको जानकारी दिएका हुन्।

परिणीति र राघवले इन्स्टाग्राममा साझा गरेको उक्त पोस्टमा बच्चाको सानो खुट्टा देखिने तस्बिर राखिएको छ, जसमा ‘१+१=३’ लेखिएको छ। पोस्टको क्याप्सनमा लेखिएको छ, “हाम्रो सानो संसार… अब आउँदैछ, असीम कृपा।”

यो समाचार सार्वजनिक भएलगत्तै बलिउड तथा विश्वभरिका फ्यानहरूबाट दम्पतीलाई बधाईको ओइरो लागेको छ। सोनम कपूर, नेहा धुपिया, भूमि पेडनेकर, हुमा कुरेशी, भारती सिंह, रकुल प्रीत, अनन्या पाण्डेसहितका थुप्रै सेलिब्रेटीहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।

उक्त पोस्टसँगै परिणीति र राघवले एक भिडियो पनि सेयर गरेका छन्, जसमा उनीहरू हात समाउँदै हिँडिरहेका देखिन्छन्। भिडियोले भावनात्मक र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।

हालै दम्पती ‘द ग्रेट इन्डियन कपिल शर्मा शो’ मा देखिएका थिए, जहाँ राघवले परिणीतिको गर्भावस्थाबारे संकेत गर्दै चाँडै नै खुसीको खबर बाँड्ने बताएका थिए। परिणीति र राघवले गत वर्ष विवाह गरेका थिए। यो उनीहरूको वैवाहिक जीवनको पहिलो सन्तान हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?